काठमाडाैँ - गरिमा विकास बैंक लिमिटेडले भक्तपुरको सूर्यविनायकमा नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कँडेलले आज साेमबार गरेका हुन्।
हालसम्म बैंकले देशभर ७६ शाखा र २६ वटा एटीएममार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गर्ने बताएको छ।
बैंकले आव २०७५ र ७६ को तेस्रो त्रैमासको अन्त्यसम्ममा ३० अर्ब ३६ करोड रूपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ। यो अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ।