काठमाडौँ - एनआईसी एशिया बैंकले एकै दिन ५ शाखा र एक शाखारहित बैकिङको उद्घाटन गरेको छ। बैंकले काठमाडौं उपत्यका भित्र ४ र रौतहट जिल्लामा १ गरी ५ नयाँ शाखा कार्यालयका साथै थप १ शाखारहित बैंकिङ्ग सेवाको आइतबार औपचारिक रुपमा उद्घाटन गरेको छ।
काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासद नारायण सिलवालबाट, नागार्जुन नगरपालिका वडा नं. ३ ठूलो भर्याङ्ग स्थित ठूलो भर्याङ्ग शाखा कार्यालयको बैंकका प्रादेशिक कार्यालय प्रमुख राजेश रावलबाट, नार्गजुन नगरपालिका वडा नं. ६, काठमाडौं स्थित रामकोट शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं. ३ प्रमुख सुबास जोशीले उद्घाटन गरेका छन्।
त्यसैगरी, काठमाडौं महामनगरपालिका वडा नं. ७, चाबहिलस्थित चाबहिल शाखाको सोही वडाका वडाअध्यक्ष शुद्धकुमार डंगोल, रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं. ९, रौतहतस्थित सिम्राभवानीपुर शाखाको गुजरा नगरपालिकाका उपप्रमुख रौसन खाँतुन तथा रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नं. ४, गरगर्रेमा २४औं शाखारहित बैंकिङ्ग सेवा उद्घाटन गरका छन्।
यसका साथै शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गरेका हुन्। उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा लालबहादुर थापालाई नियुक्त गरेकाे छ। नयाँ शाखा सहित शाखा संख्या २ सय ८१ र शाखा रहित बैंकिङ इकाई २४ वटा पुगेको बैंकले जनाएको छ।