काठमाडौँ – मेगा बैंक लिमिटेडले मातातीर्थ औंसीको अवसर पारेर ग्राहकहरूलाई विशेष अफर ल्याएको छ। बैंकले सम्पूर्ण आमाहरूकाे सम्मानमा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरूलाई विशेष अफर ल्याएको हाे।
उक्त अफरमार्फत फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकहरूलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा १ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ। यो अफर यही वशाख १५ गते आइतबारदेखि मातातीर्थ औंसीका दिनसम्म सञ्चालन बैंकले बताएकाे छ।