काठमाडाैँ – ज्योति लाइफ इन्स्योरेन्स र ललिपुरको धापाखेलस्थित सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएकाे छ। कम्पनीले आफ्नो ग्राहकहरुलाई स्वास्थ्य सेवा सम्बन्धी बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा उक्त सम्झौता गरेको हो।
सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्सको तर्फबाट कार्यकारी उप–प्रमुख विक्रम खत्री र अस्पतालकाे तर्फबाट प्रबन्धक निर्देशक हेमराज दाहालले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौताअनुसार ज्योति लाइफ इन्स्योरेन्समा आवद्ध निश्चित मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरूलाई विशेष कार्ड जारी गर्ने भएको छ। साथै, उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सुमेरु अस्पतालबाट उपलब्ध हुने उच्च स्तरीय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन्।
यस सम्झौताले कम्पनीसँग आवद्ध सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने कम्पनीको विश्वास रहेको छ।