काठमाडौँ - तथ्यांक विभागले राष्ट्रिय तथ्यगत विवरण उपलब्ध गराउन अनलाइन पोर्टल शुरू गरेको छ। विभागले आजबाट नेशनल डाटा जीओभी डट एनपीको शुभारम्भ गरेको हाे।
विभागका अनुसार यस पोर्टलमा तीनैवटा तहबाट तयार भएका तथ्यांक उपलब्ध गराइने विभागले बताएकाे छ। राष्ट्रिय तथ्यांकमा सर्वसाधारणलाई सहज पहुँच होस् भन्ने उद्देश्यले अनलाइन प्रणाली शुरू गरिएको हाे ।
विभागले आफ्नै अनलाइन पोर्टलबाट केन्द्रीय प्रदेश र संघका विविध तथ्यांकहरू उपलब्ध गराउँदा तथ्यांक लिन सर्वसाधारणलाई सहज हुने भएकाे छ।