काठमाडौँ - एनएमबी बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा आयोजना गरेकाे आठौँ एनएमबी बैंक हेरिटेज वाक २०१९ सम्पन्न भएकाे छ। बैंकले विगत ७ वर्षदेखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउन तथा तिनको उचित संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ।
कार्यक्रमको उद्घाटन बैंकका सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्त रुपमा गरेका थिए। हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरु भई स्वयम्भूनाथमा पुगेर सम्पन्न भएको थियो। स्वयम्भूनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्वारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरू राखिएको थियो।
यसैगरी, सोही अवसरमा बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीनसमेत हस्तान्तरण गरेका छन्।
साथै बैंकले आठौँ एनएमबी बैंक हेरिटेज वाक २०१९ को उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कार्यालयहरू मार्फत विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रमसमेत सञ्चालन गरेका छन्।