काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले हिजाे शुक्रबार) मात्र विभिन्न आठ स्थानमा नयाँ शाखा उद्घाटन गरेकाे छ। बैंकले काठमाडौं उपत्यकाभित्र ३, नुवाकोटमा २, काभ्रेमा १, पोखरामा १, र पर्सा जिल्लामा १ गरी आठवटा शाखा कार्यालयको उद्घाटन गरेकाे हाे।
काठमाडौँकाे सितापाइला शाखाको उद्घाटन नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, काठमाडौं महानगरपालिका- ३१, शंखमुल शाखाको सोही वडाका वडाध्यक्ष नारायणप्रसाद भण्डारी र ललितपुरको भैंसेपाटी शाखाको सोही वडाका वडाध्यक्ष पुरूषोतम खड्काले उद्घाटन गरेका हुन्।
त्यसैगरी, नुवाकोटस्थित त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डित र बेत्रावती बजार शाखाको सोही वडाका वडाध्यक्ष गणेशकुमार नेपालले उद्घाटन गरेका हुन्। काभ्रेस्थित धुलिखेल शाखाको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार बेञ्जूले गरेका हुन्।
त्यस्तै, पोखरास्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्लीराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले संयुक्त रूपमा गरेका हुन्। त्यसैगरी, पर्सा जिल्लाको भिस्वा शाखाको छिपरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारले उद्घाटन गरेका हुन्।
हाल बैंकले २ सय ८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि बढाएको बैंकले जनाएको छ।