काठमाडौँ– बढ्दो गर्मीलाई दृषटिगत गरी सीजीले विभिन्न प्रकारका फ्यान र कुलरहरू बजारमा ल्याएको छ। फ्यानहरूमा सिलिङ, टेबल, स्ट्याण्ड र अल पर्पोज फ्यानहरू रहेका छन्। सिलिङ फ्यान विभिन्न स्वरुप र रंगहरूमा उपलब्ध छन्। यसका गतिहरू फ्यानको तुलानामा धेरै छ। यसमा प्रयोग गरिएका ब्लेडहरू आकर्षक डिजाइन र रंगहरूमा पाइन्छन्। यो फ्यान चलाउँदा आवाज पनि केही नआउने भएकाले यसको माग बढेको कम्पनीले बताएकाे छ।
त्यस्तै, स्ट्याण्ड फ्यानहरू पनि विभिन्न आकर्षक रंग र डिजाइनमा उपलब्ध छन्। यसमा रिमोट प्रयोग भएकाले यसलाई सजिलै चलाउन सकिनेछ। अरु टेबल, वाल र अल पर्पोज फ्यानहरूको पनि धेरै माग बढेको कम्पनीले दाबी छ।
एसीको आनन्द सस्तो दाममा लिन अब सीजीले विभिन्न मोडलहरूमा कुलर पनि ल्याएको छ। गर्मी मौसममा यसको प्रयोग गर्नाले स्वास्थ्य एवम् मूल्य दुवैको बचत हुने बताइएको छ। कुलरमा आइस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङ्कीजस्ता विशेषताहरू रहेका छन्। आफ्नो कोठाको साइज र मूल्यमा छानीछानी आकर्षक कुलरहरू खरिद गर्न सकिने कम्पनीले बताएकाे छ।