काठमाडौँ– नेपालको निर्जीवन बीमा क्षेत्रमा पहिलो पटक सगरमाथा इन्स्योरेन्सले ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा शुरू गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष्य चिरञ्जीवी चापागाईं र सगरमाथा इन्स्योरेन्सका अध्यक्ष आर.के. मानन्धरले संयुक्त रूपमा उक्त सेवाको उद्घाटन गरेका हुन्।
इन्स्योरेन्सले प्रविधिसँग जोडिएर बीमा सेवाको पहुँचलाई सबैसामु पुर्याउन आवश्यक भएको भन्दै हातमा रहेको मोबाइलबाट बीमालेख खरिदको पहुँचमा पुर्याउने उद्देश्यका साथ इन्स्योरेन्स डिजिटल्ली बीमा सेवा शुभारम्भ गरेको बताएको छ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले उक्त सेवाको विशेषता र बीमालेख खरिद प्रक्रियाका बारेमा जानकारी दिँदै यसका चुनौती र समस्याहरूको गहन अध्ययन गरी अन्य बीमालेखहरूलाई पनि डिजिटलाइज गराउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
इन्स्योरेन्सले विक्री गर्दै आइरहेका बीमालेखहरूमध्ये प्रथम चरणमा मोटरसाइकलको तेस्रो पक्ष बीमालेख, दुर्घटना बीमालेख, घर बीमालेख र ट्राभलर्स, मेडिक्लेम बीमालेखलाई अनलाइन पोर्टलमार्फत विकास गरेको एपबाट सेवाग्राहीले सेवा लिन सक्ने बताएकाे छ।
कम्पनीले डिजिटल्ली सेवा शुरूवातसँगै अब सबैको हातहातमा बीमा सेवा उपलब्ध हुने विश्वास लिएकाे छ।