काठमाडौँ- आन्तरिक राजस्व कार्यालय बालाजुले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर रकम वक्यौता नतिर्नेलाई ७ दिनभित्र वक्यौता तिर्न सूचना नै प्रकाशित गरी ताकेता गरेको छ। राजस्वबापतको वक्यौता रकम नतिर्ने १८१ वटा व्यावसायिक संस्था तथा फर्महरूलाई कर तिर्न ताकेता गर्दै दिइएको म्यादभित्र नतिरे कारोबार रोक्का गर्ने चेतावनीसमेत दिएको छ।
कार्यालयले विभिन्न मितिमा वक्यौता बुझाउन फोन सम्पर्क, पत्राचार र संकलन भ्रमणसमेत गरी वक्यौता रकम दाखिल गर्न आग्रह गरिएकोमा हालसम्म पनि नबुझाएको बताएको छ।
यो अवधिभित्र बक्यौता नबुझाएमा मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २१ तथा नियमावली २०५३ को नियम ५२ र ५३, अन्तशुल्क ऐन २०५८ र आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै प्रक्रिया वा मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २१९१० बमोजिम तरिका अपनाई व्यावसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्कालगायतका कारवाही गरी बक्यौता असुल गरिने कार्यालयले जनाएको छ।
बक्यौता रकम नतिर्नेहरुको सूची हेर्नुहोस्