काडमाडौँ– नेपालको पहिलो पेमेन्ट गेटवे ई-सेवाले ग्राहकको हितका लागि ‘रिफर एण्ड अर्न अफर’ बजारमा ल्याएको छ। कम्पनीले नगदरहित समाज निर्माणका लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रयोग गर्न प्रोत्साहन गरौँ भन्ने अभियानअन्तर्गत कम्पनीले यो अफर सार्वजनिक गरेको हो।
यस ‘रिफर एण्ड अर्न अफर’ अन्तर्गत ई-सेवा चलाउन सिकाएबापत प्रतिग्राहक ३० सम्म बोनस प्राप्त गर्न सकिन्छ। यसमा आफ्ना परिवार, साथीभाइ तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरहरूलाई ई-सेवा चलाउन सिकाउन सकिनेछ।
ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजलगायतकाे शुल्क भुक्तानी गर्न सकिन्छ। ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था आवद्ध रहेका छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
मोबाइल एप्सबाट मात्र ई-सेवामार्फत कारोबार गर्नेहरू १० लाखभन्दा बढी पुगेका छन्। यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाइल बैंकिङमार्फत ७५ लाखभन्दा बढीले ई-सेवाकाे सेवा लिइरहेका छन्। हाल ई-सेवाका करिब ७० हजार एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) रहेका छन्।