काठमाडौँ– सिटिजन्स बैंक इनटरनेसनल लिमिटेडले काडमाडौँको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा एटीएम सेवा शुरु गरेको छ। बैंकको १२औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गरेका हुन्।
एटीएम सेवाले गर्दा सेवाग्राही तथा ज्ञानेश्वर वरपरको जनता लाभान्वित हुने विश्वास बैंकले लिएको छ। सिटिजन्स बैंक इनटरनेसनलले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाइहरुबाट करिब चार लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ।