काठमाडौँ– सिटिजन्स बैंक इन्टरनेसनलले बारा र पर्साका विनाशकारी हावाहुरीबाट प्रभावित परिवारलाई १० लाख सहयोग गर्ने भएको छ।
बैंकले हावाहुरी पिडितलाई सहयोग जुटाउनका लागि ‘सिटिजन्स बारा, पर्सा हुरी पीडित राहत कोष २०७५’ को स्थापना गरेको थियो। बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त राहत कोषमा बैंकको तर्फबाट १० लाख जम्मा गरिएको थियो। यसैगरी अन्य सहयोगी दाताहरुबाट जम्मा भएको कुल रकम १० लाख ३७ हजार ९७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
सिटिजन बैंक इन्टरनेसनलको हाल ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।