काठमाडौँ - यूकेमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको शाखा सञ्चालनमा ल्याइएको छ। यूकेको रेडिङमा स्थापना गरिएकाे मनी ट्रान्सफरको कार्यालयकाे यूकेका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गरेका हुन्।
सिटी एक्सप्रेस यूकेले आफ्नो सेवा मोबाइल एप्लिकेशन र अनलाइनबाहेक यूकेभर आफ्ना प्रतिनिधिमार्फत दिने योजना ल्याएको छ।
सिटी एक्सप्रेसले विगत १२ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै नेपालको ७ हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जनाएको छ।