काठमाडौँ - सुनको मूल्य फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सोमबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ। गत बिहीबार प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन लामो समयसम्म यथावत मूल्य कायम रहेको थियो। तर, आज ५ सय रुपैयाँले वृद्धि भएर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ संघले बताएको छ । चाँदी भने प्रतितोला ५ सय रुपैयाँ बढेर ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।