काठमाडौँ– काठमाडाैँमा आज आइतबारदेखि नेपाल–चीन शैक्षिक मेला शुरू भएको छ। काठमाडौँको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेण्टरमा आयाेजना गरिएकाे उक्त मेलाको उद्घाटन सभामुख कृष्णबहादुर महराले गरेका हुन्। दुई देशबीचको शैक्षिक तथा भाषिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यले उक्त मेलाकाे आयाेजना गरिएकाे हाे ।
सभामुख महराले मेलाकाे उद्घाटन गर्दै मुलुकबीच जनस्तरमा देखिएको भाषिक समस्या समाधान गर्न यस्ता कार्यक्रम उपयोगी हुने र नेपाल–चीनबीचको सम्बन्धलाई यो मेलाले अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
चिनियाँ भाषा शिक्षक संघ, नेपालको संयोजनमा आयोजना गरिएको साे मेलामा नेपाल–चीन दुवै देशका भाषाका विज्ञहरुको सहभागिता रहेको छ। तीन दिनसम्म चल्ने साे मेलामा ८ वटा स्टलमा चिनियाँ भाषाको ज्ञान दिने शैक्षिक सामग्रीहरु राखिएको चिनियाँ भाषाकी शिक्षक तारा खड्काले जानकारी दिइन्।