काठमाडौँ - अजोड इन्स्योरेन्स लिमिटेडले रौतहटमा नयाँ शाखा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन चन्द्रपुर नगरपालिका– ४ का वडाध्यक्ष अमरबहादुर आलेले गरेका छन्।
साे अवरमा संस्थाका नायव कार्यकारी प्रमुख अधिकृत सुरेन्द्र थापाले संस्थाको परिचय, गतिविधि, भावी योजना तथा कम्पनीको समग्र अवस्थाबारे जानकारी दिए।
अजोड इन्स्योरेन्सका रौतहट शाखा प्रमुख ओमराज निरौलाले स्वागत मन्तव्य व्यक्त गरेकाे साे कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत थापाले उपस्थित अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए।