काठमाडौँ - बैंक अफ काठमाण्डूले ज्योति लाइफ इन्स्योरेन्ससँग खाता सञ्चालनमा बीमा सेवा दिनेसम्बन्धी सम्झौता भएकाे छ। बैंकले सञ्चालनमा ल्याउन लागेको नयाँ बचत खाता योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूलाई जीवन बीमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरेको हो।
सो सम्झौतासँगै अब बैंक अफ काठमाण्डूका ग्राहकहरूको कुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरूमध्ये कुनै पनि रोग लागेको प्रमाणित भएमा उपचार खर्च बीमांकबापतको रकम भुक्तानी गरिनेछ।
सम्झौता अनुसार बैंक अफ काठमाडौँका उल्लेखित बचत योजनाका ग्राहकहरुको बैकिङ्ग सेवाका अतिरिक्त ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको उच्च स्तरिय बीमा सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन्।