काडमाडौँ– महालक्ष्मी वायर्स एण्ड केबल्सले आफ्नो नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले जल पाइप्स एण्ड फिटिङ्स नामकाे उत्पादन बजारमा ल्याएकाे हाे।
जल पाइप्स एण्ड केबल्सको ब्राण्ड एम्बास्डरको रुपमा मनीषा कोइराला र अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन, पारस लुनिया र जापानबाट आएका अतिथिले संयुक्त रुपमा ब्राण्ड नाम र ट्यागलाइन घाेषाणाा गरेर उत्पादन सार्वजनिक गरेका हुन्।
जल पाइप्स एण्ड फिटिङ्स अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिएकाे कम्पनीले बताएकाे छ। कम्पनीले जल पाइप्स एण्ड फिटिङ्सका लागि सेकिसुइ जापानिजसँग सहकार्य गरेको हो।
आफ्ना पुराना उत्पादनजस्तै ग्राहकले जल पाइप्सलाई पनि मन पराउने अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले अपेक्षा गरे।
ग्राहकको आवश्यकता र अपेक्षालाई पूरा गर्ने हिसाबले उत्पादन गर्ने र सेवा दिने कम्पनीको उद्देश्य भएको जापानिज अतिथिले बताए।