काठमाडौँ - मेगा बैंक र मलेशियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ। उक्त सम्झाैतासँगै अब मलेशियामा रहेका नेपालीहरूले छिटो, छरितो र सहज रूपमा नेपालमा रहेका आफन्तजनलाई आफूले कमाएको रकम पठाउन सक्ने बैंकले बताएकाे छ।
यो सम्झौतापछि मलेशियामा कार्यरत नेपाली श्रमिकहरू थप लाभान्वित हुने बैंकको विश्वास छ। बैंकका अनुसार मलेशियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ।
‘मेगा रेमिट’को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारतलगायत मुलुकमा रेमिट्यान्स सेवा विस्तार गरिसकेको छ।