काठमाडौँ - आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्य विद्यार्थीहरूका लागि आईजीआई विद्यार्थी बीमालेखमार्फत सेवा दिने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापश्चात सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीहरूलाई बीमा सेवा प्रदान गर्ने गरी सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सकोतर्फबाट कार्यकारी अधिकृत योगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारीको तर्फबाट अध्यक्ष रमेश तिमिल्सिनाले हस्ताक्षर गरेका छन्।
सहकारी संस्थाले आफैंले बीमा शुल्क भुक्तानी गरेर आफ्ना विद्यार्थी ग्राहकहरूलाई व्यक्तिगत दुर्घटना, औषधिउपचार तथा मासिक शुल्कसमेत साथै निज विद्यार्थीको आमा वा बुबाको हकमा दुर्घटना बीमासमेतको रक्षावरण गर्ने गरी नेपालमा नै पहिलो पटक जारी भएको बीमालेखमार्फत सेवा प्रदान गर्न इच्छुक भई सम्झौता गरेको इन्स्योरेन्सका कार्यकारी अधिकारी योगेशभक्त बादेले जानकारी दिए।
आईएमई जनरल इन्स्योरेन्सले पछिल्लो समय शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा ध्यान केन्द्रित गर्दै विभिन्न बीमा सेवाहरू प्रदान गर्दै आइरहेका छन्।