काठमाडौं – कामना न्युज पब्लिकेसन प्रालिका अध्यक्ष एवम् प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठको निधन भएको छ। श्रेष्ठको बुधबार मध्यान्ह १२ बजे ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
श्रेष्ठ पाँच महिनादेखि उपचार गराइरहेका थिए। साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो। त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात भिन्न स्वास्थ्य समस्या देखा पर्दै गएको थियो।
यसैबीच, श्रेष्ठको पार्थिव शरीर दिउसो ३ बजेसम्म भूगोलपार्कमा राखिने पारिवारिक स्रोतले बताएको छ। उनलाई दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि लगिने बताइएको छ।
राजधानीको वयोधा अस्पतालमा पाँच महिनाअघि नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनलाई विभिन्न स्वास्थ्य समस्या देखापर्न थालेको थियो।
नर्भिकअघि भारतको मेदान्त अस्पतालमा उपचार गरिएपनि खासै सुधार आएको थिएन। मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका श्रेष्ठको नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार हुँदै थियो।