काठमाडौँ– सानिमा बैंक लिमिटेड र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडबीच स्वास्थ्य उपचार सुविधासम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ विक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटका तर्फबाट सेल्स तथा मार्केटिङमा उप–प्रबन्धक सुरज जोसेफले हस्ताक्षर गरेका हुन्।
सम्झौताअन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर ईन्स्टिच्युट साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्ने छन्। साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
म्याक्स हेल्थकेयर ईन्स्टिच्युट भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचारसम्बन्धी सेवा दिने चेन संस्था हो। यस संस्थाकाे हाल १४ वटा साझेदार अस्पतालहरू रहेका छन्।