काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ। २०७६ बैशाख १ गतेदेखि लागू गरिएको यो योजनामा बैंकले भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा सुविधा थप गरेको हो।
भिसा डेबिट कार्डअन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्स्ट्यान्ट भिसा डेबिट कार्ड सेवा सुविधा शुरू गरेको छ। याे सुविधाअन्तर्गत ग्राहकले भिसा डेबिट कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरूले तुरुन्त डेबिट कार्ड प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, क्तिनाथ भिसा डेबिट कार्डबाहेक ग्राहकहरूले नेपालको जुनसुकै बैंकका एटीएमबाट बिना कुनै अतिरिक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ।
मुक्तिनाथ स्मार्ट बैंकिङ एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशतसम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ।