काठमाडौँ - प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिका -५ मा बिहीबारदेखि पालुङटार शाखा सञ्चालन गरेकाे छ। शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सामग्रीहरु, सर्वसाधारण कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैङ्किङ सेवा उपभोग गरी लाभान्वित हुनेछन्।
पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ। पालुङटार नगरपालिकामा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याउने प्रभु बैंक निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ।