काठमाडौँ - सिटिजन बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतापत्रमा सिटिजन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण शाखा मार्फत महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण सेवाहरु लिन सक्नेछन्।
सिटिजन बैंकले शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटा नै प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिएको छ।
देशैभरी ८१ वटा शाखा विस्तारसँगै, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकहरुलाई आधुनिक बैकिङ सेवाहरु प्रदान गर्दै आएको बैंकले जानकारी दिएकाे छ।