काठमाडौँ - प्रभु बैंकले मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. २ स्थित मार्फा, बह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुचुके तथा वडा नं. ३ स्थित लेतेमा बैंकिङ सेवा विस्तार गरेको हो।
यसै गरी अन्नपूर्ण गाउँपालिका बडा नं. ३ स्थित दानामा शाखारहित बैंकिङ सेवा शुुरु गरेको बैंकले जनाएको छ।
बैंकिङ सेवाबाट सम्बन्धित क्षेत्रका सर्वसाधारण बैंकिङ पहुँचभित्र आएर आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ।