काठमाडौँ - पूर्व सांसद एवं उद्योगपति दिवाकर गोल्छाको उपचारका क्रममा निधन भएको छ। मृगौलासम्बन्धी समस्याबाट पीडित उनको भारतको चेन्नईमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्षसमेत रहेका स्वर्गीय गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व थिए। उनी २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभाषद बनेका थिए।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। साथै, उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति देउवाले समवेदना प्रकट गरेका छन्। त्यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले पनि गाेल्छाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
https://www.facebook.com/nepalicongresshq/posts/1341054699380418
https://www.facebook.com/RCPaudelNepal/posts/2413219045376179