काठमाडौँ - सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई साढे तीन लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ। बैंकले अस्पतालको ४५औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई १ सय ५० जना मोतिया बिन्दु रोगीहरुको उपचारका लागि आर्थिक सहयोगस्वरुप ३ लाख ७५ हजार प्रदान गरेको छ।
आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जानकारी दिएका छन्।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ४९ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित) एक सय शाखारहित बैंकिङ सेवा, १ सय ६० एटीएम र एक हजार दुई सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।