काठमाडौं ।नेपाली बजारमा साताको अन्तिम कारोबारपछि आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार रुपैयाँले उकालो लागेको हो।नयाँ मूल्यअनुसार आइतबार सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ थियो।त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ। शुक्रबार ३ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार २१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख १२ हजार ७०५ रुपैयाँ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य २ हजार ७५६ रुपैयाँ निर्धारण गरिएको छ।