काठमाडौं ।बाजुरामा बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन्। घाइते हुनेमा बुढीगङ्गा नगरपालिका–१० सिगाडाकी ५५ वर्षीया खन्टी साउद र ३५ वर्षीया वसु साउद रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता गगनसिंह भाटकाअनुसार बिहीबार बिहान करिब ९ बजे घाँस काट्न गएका बेला उनीहरूमाथि बाघले आक्रमण गरेको हो। स्थानीय घोडा धपाउने क्षेत्रको घाँसे मेलामा घाँस काटिरहेका बेला बाघले आक्रमण गर्दा दुवै महिलाको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरिएको थियो। उपचारका लागि दुवैलाई अछामस्थित बयलपाटा प्रादेशिक अस्पताल पठाइएको छ। प्रहरीका अनुसार घाइते दुवैको अवस्था सामान्य रहेको छ।