काठमाडौं ।इन्डोनेसियाको पश्चिम जाभास्थित अवैध सुनखानीमा बाढी पस्दा २६ जना कामदार भित्रै फसेका छन् ।
लगातारको भारी वर्षापछि नजिकैको नदीको पानी खानीमा पसेको हो । फसेका कामदारलाई सुरक्षित बाहिर निकाल्न उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।वर्षा र खानीभित्र प्रवेश गर्ने साँघुरो मार्गका कारण उद्धार कार्य कठिन बनेको छ । बाढी पस्नुअघि ११ जना कामदार भने बाहिर निस्कन सफल भएका थिए ।