काठमाडौं ।चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा। डा। गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।
बुधबार शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो ।समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्यका रूपमा रहेका छन् ।डा. केसी चिकित्सा शिक्षा आयोगले पूर्वाधार र कानुनी मापदण्ड पूरा नगरेका संस्थालाई एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको तथा विद्यार्थी भर्ना सिट बढाएको भन्दै विरोधमा अनशनरत छन् । उनले आयोगको उक्त निर्णय खारेज गर्न माग गरेका छन् ।
डा. केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा मेडिकल विश्वविद्यालयका पदाधिकारीहरूबीच स्वार्थको द्वन्द्व रहेको आरोपसमेत लगाएका छन् ।