काठमाडौं ।बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहमा रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।
बुधबार बिहान आफ्नै घरनजिक रहेको बकाइनोको रुखमा चढेर घाँस काटिरहेका ६४ वर्षीय ज्ञानबहादुर थिङ अचानक तल खसेर गम्भीर घाइते भएका थिए ।
घटनालगत्तै उनलाई उपचारका लागि जितपुरसिमरा नगर अस्पताल पुर्याइएको थियो । तर अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।प्रहरीका अनुसार घाँस काट्ने क्रममा भएको उक्त दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ ।