काठमाडौं ।नेपाल पर्यटन बोर्डले कुकुर तिहारलाई लक्षित गर्दै मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध झल्काउने विशेष रिल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले मानिस र कुकुरबीचको प्रेम, मित्रता तथा स्नेह प्रस्तुत गर्ने मौलिक अङ्ग्रेजी भिडियो तयार गरी सामाजिक सञ्जालमा प्रकाशित गर्नुपर्नेछ । भिडियो पोस्ट गर्दा आयोजकले तोकेको ह्यासट्याग प्रयोग गर्नुका साथै सम्बन्धित खातालाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने सहभागीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पर्यटन बोर्डले भिडियो पठाउने अन्तिम समय नोभेम्बर २१ सम्म निर्धारण गरेको छ ।कुकुर तिहारको सांस्कृतिक महत्त्वलाई प्रवर्द्धन गर्दै मानिस र जनावरबीचको सम्बन्धलाई सिर्जनात्मक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिता घोषणा गरिएको हो ।