काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्।
खेलमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। पोखराका लागि यो सिजनको पहिलो खेल हो भने सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। एनपीएलका अघिल्ला दुवै संस्करणमा फाइनल पुगेको सुदूरपश्चिम यसपटक पहिलो जितको खोजीमा छ। उता, दुवै संस्करणमा प्लेअफमा पुग्न नसकेको पोखरा पनि जितसहित प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।