काठमाडौं ।नेकपा एमालेका मनोनीत तीन केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ गराएका हुन्।एमालेको केन्द्रीय कमिटी बैठकबाट मनोनीत भएका उनीहरूले यसअघि शपथ लिन बाँकी रहेको थियो। बुधबारको शपथसँगै मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण प्रक्रिया पूरा भएको छ।गत असोजको पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले विभिन्न व्यक्तिलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो। त्यसबेला मनोनीत अन्य सदस्यहरूले भने यसअघि नै शपथ ग्रहण गरिसकेका थिए।