काठमाडौं ।नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटअन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुने भएका छन्।
खेल त्रिवि क्रिकेट मैदानमा अपराह्न ५ः३० बजे सुरु हुनेछ। फ्लडलाइटको उज्यालोमा हुने प्रतिस्पर्धामा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।