काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार सुनको भाउ एकै दिन प्रतितोला ३ हजार रुपैयाँले उकालो लागेको हो।सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँ रहेको चाँदी सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघको विवरणअनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ निर्धारण गरिएको छ।सुनचाँदीको मूल्यमा भएको यो परिवर्तनसँगै बजारमा गरगहना खरिद गर्ने उपभोक्ताले अघिल्लो दिनको तुलनामा बढी रकम खर्च गर्नुपर्ने भएको छ।