काठमाडौं ।बूढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।
प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको जानकारी दिएका छन्।उनका अनुसार पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रमा रहेका ६ जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको हो।बाढीपछि उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोलीसमेत हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा जोखिममा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टरसमेत परिचालन गरिएको जनाइएको छ।