काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीका कारण मनास्लु सर्किट पदयात्रामा रहेका पर्यटक समस्यामा परेका छन्।
बाढीले विभिन्न स्थानका पुल बगाएपछि पर्यटकको आवतजावत अवरुद्ध भएको हो।आज बिहान आएको बाढीले गोरखा र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण केही मोटरेबल तथा झोलुङ्गे पुल बगाएको बताइएको छ।प्राप्त विवरणअनुसार बाढीमा परी चार जना बेपत्ता भएका छन्। पुलहरू बगाउँदा पदयात्रा मार्गमा रहेका पर्यटकलाई गन्तव्यसम्म पुग्न कठिनाइ भएको छ।बाढीबाट प्रभावित क्षेत्रमा भएको क्षति तथा बेपत्ता व्यक्तिको खोजीसम्बन्धी थप विवरण आउन बाँकी छ।