काठमाडौं । बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले धादिङको आरुघाटस्थित स्याउली बजार बगाएको छ।
अचानक आएको बाढीका कारण बजार क्षेत्रमा ठूलो क्षति पुगेको छ।आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार बाढीले गाउँपालिका क्षेत्रभित्र रहेका दुईवटा पक्की पुलसमेत बगाएको छ।नदीमा आएको बाढीले बजार तथा भौतिक संरचनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको अवस्था चिन्ताजनक बनेको छ। बाढीबाट भएको कुल क्षति तथा अन्य सम्भावित असरबारे थप विवरण आउन बाँकी छ।