काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद् व्यवस्थापनसँग सम्बन्धित कानुन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले शुक्रबार ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।उक्त अध्यादेश जारी गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिसपछि राष्ट्रपतिबाट अध्यादेश जारी भएको हो।अध्यादेशमा समेटिएका संशोधनका विस्तृत व्यवस्था र कार्यान्वयनसम्बन्धी थप विवरण भने सार्वजनिक जानकारीका आधारमा स्पष्ट हुन बाँकी छ।
