काठमाडौं ।नेकपा एमालेका विभिन्न कमिटीलाई पूर्णता दिने विषयमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक शनिबारसम्मका लागि सारिएको छ।
बिहीबारदेखि जारी बैठकमा शुक्रबार पार्टीका विभिन्न कमिटी तथा सङ्गठनमा पदाधिकारी र सदस्य मनोनयन गर्ने विषयमा छलफल भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्। उनका अनुसार बैठक शनिबार दिउँसो १ बजे पुनः बस्नेछ।अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी, केन्द्रीय कमिटीसहित विभिन्न संरचनामा मनोनयनका लागि प्रस्ताव गरेका नामप्रति केही नेताले असन्तुष्टि जनाएपछि थप छलफल गरेर निर्णयमा पुग्ने तयारी गरिएको हो।
एमालेले अझै स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्न तथा विभिन्न विभाग र पार्टी संरचनालाई पूर्णता दिन बाँकी छ।बैठकमा प्रस्तावित नामबारे सहमति जुट्न नसकेपछि निर्णय प्रक्रियालाई अघि बढाउन शनिबार फेरि छलफल गरिने एक स्थायी कमिटी सदस्यले बताएका छन्।