काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रो दिन पनि जारी छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा भइरहेको बैठकमा केन्द्रीय कमिटीबाट टुंगो लाग्न बाँकी विषयमा छलफल गरी निर्णय गर्ने तयारी गरिएको छ।बैठकबाट पार्टीका विभिन्न कमिटी तथा विभागलाई पूर्णता दिने विषयमा निर्णय हुन सक्ने बताइएको छ। संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने र बाँकी जिम्मेवारी टुंग्याउने विषय बैठकको मुख्य कार्यसूचीमा रहेको छ।बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठक शुक्रबार नै सम्पन्न गर्ने तयारी रहेको एमाले नेता लेखराज भट्टले जानकारी दिएका छन्।बैठकबाट हुने निर्णयले पार्टीका विभिन्न संरचनालाई पूर्णता दिने अपेक्षा गरिएको छ।