काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक सुरु भएको छ।
बैठकमा पार्टीको महाधिवेशन सञ्चालनसम्बन्धी कार्यतालिका र त्यसका लागि आवश्यक कार्यविधिबारे छलफल भइरहेको छ।बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी भएका छैनन्। उनले हालै समाजवादी जागरण अभियान घोषणा गरेका कारण उनको अनुपस्थितिलाई चासोका साथ हेरिएको छ।नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा खनालले अघि सारेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुनेछ। अभियानका विषयमा खनालसँग स्पष्टीकरण माग्ने वा नमाग्ने भन्ने निर्णय बैठकबाटै गरिने उनले बताएका छन्।यसअघि असोज ६ गते बसेको पार्टी बैठकले असोज १५ देखि मंसिर १५ गतेसम्म दुई महिनासम्म समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।