काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
मतदानको बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशमा प्रतिनिधिहरूले मतदान गरेका छन्। कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णालीमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ तथा बागमती प्रदेशमा २१७ मत खसेको विवरण प्राप्त भएको छ।निर्वाचन प्रक्रिया निरन्तर अघि बढिरहेको र मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाइएको छ।यस महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्। उनीहरूले मतदानमार्फत पार्टीको आगामी नेतृत्व चयन गर्नेछन्।