काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माले मतदान गरेका छन्। महामन्त्री पदका उम्मेदवार शर्माको मतपत्रमा क्रमसंख्या ८ रहेको छ।
शुक्रबार बिहान ७ बजेदेखि सुरु गर्ने तयारी गरिएको मतदान निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको हो। नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। मतदानका लागि काठमाडौंको खुलामञ्च र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा व्यवस्था मिलाइएको छ। खुलामञ्चमा छ प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् भने बागमती प्रदेशका प्रतिनिधिहरूले राष्ट्रिय सभा गृहमा मतदान गरिरहेका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना र परिणामप्रति पार्टीका नेता तथा कार्यकर्ताको चासो रहनेछ।