काठमाडौं ।गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
भेटमा नेपालको विपद् व्यवस्थापन, उद्धार तथा पुनर्स्थापनाका विषयमा छलफल भएको जनाइएको छ। विपद्का बेला नेपाललाई गर्दै आएको अमेरिकी सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ।नेपालमा विपद् व्यवस्थापन तथा पुनर्स्थापनाका विभिन्न क्षेत्रमा अमेरिकाले हालसम्म ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराइसकेको जनाइएको छ।भेटका क्रममा विपद् जोखिम न्यूनीकरण, प्रभावित क्षेत्रको पुनर्स्थापना तथा आवश्यक सहयोगका विषयमा समेत छलफल भएको बताइएको छ।