काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल काठमाडौंको खुलामञ्च पुगेका छन्।
कांग्रेसको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि महासचिव पोखरेल प्रतिनिधिका रूपमा उद्घाटन समारोहमा उपस्थित भएका हुन्।काठमाडौंको खुलामञ्चमा अहिले कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन कार्यक्रम चलिरहेको छ। कार्यक्रममा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुगेका छन्।महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका प्रतिनिधि तथा नेताहरूको उपस्थितिसँगै खुलामञ्चमा राजनीतिक गतिविधि बढेको छ।